निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ई आ ई ए) स्वीकृत

स्थानिय समाचार

2518 Views

निजगढको दोस्रो अन्तर्रा्ष्ट्रिय निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ई आ ई ए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयले (ई आ ई ए)स्वीकृत गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनु भएको हो । विमानस्थल निर्माणका लागि झण्डै २४ लाख रुख कटान गर्नुपर्ने छ । विमानस्थलले ८ हजार हेक्टर जमिन ओगट्ने भएकोले एयरपोर्ट सिटीबाहेक विमानस्थलकै मुख्य भागका लागि भने २ हजार हेक्टर जमिन आवश्यक पर्ने भएको हो । तत्कालै निर्माणका लागि भने ५ लाख रुख काटिने भएको छ भने सरकारले विमानस्थल क्षेत्रमा रेखदेख र संरक्षणको जिम्मा सेनालाई दिएको छ । विमानस्थल निर्माण क्षेत्रभित्रका करिब १५ सय घरधुरीलाई सानुपर्ने छ । सरकारले निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियन कम्पनीसँग किन्ने निर्णय गरिसकेको छ । यसको डीपीआर कोरियन कम्पनी ल्याण्डमार्क वल्डवाइडले तयार गरेको हो । विमानस्थल सरकारी–निजी साझेदारी र इन्जिनियरिङ प्रो क्योर मेन्ट कन्सट्रक्सनमध्ये कुन मोडालिटीमा निर्माण गर्ने भन्ने अन्योल छ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले पदबाहली गरेकै दिन एक महिनाभित्र निर्माणको मोडालिटी टुंग्याउने निर्णयमा हस्ताक्षर गर्नु भएको थियो तर, अहिलेसम्म त्यो काम हुन सकेको छैन ।
Nijgadh Bara Nepal Second international Airport Design Sample photo Nijgadh.com