गौरीशंकर माविमा बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको प्रवेश परीक्षा हुने

स्थानिय समाचार

607 Views

बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित श्री गौरीशंकर माद्यमिक विद्यालयले बाली विज्ञानको प्रवेश परीक्षा लिने भएको छ ।

प्राविधिक शिक्षा अन्तर्गत ३ बर्षे बाली विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको लागि विद्यालयले आगामी भाद्र २० गते सम्म फारम वितरण गर्ने तयारी गरेको छ । प्रवेश परीक्षा भाद्र २३ गते विहान ७ बजे विद्यालयमा हुने विद्यालयका प्रशासन प्रमुख रुद्र प्रसाद धितालले जानकारी दिनु भएको छ ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरेपछि निजगढ नगरपालिकाको पहिलो प्राविधिक विद्यालय बनेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गौतमले प्राविधिक र दक्ष जनशक्ति उत्पादनको लागि विद्यालयले यस बर्षबाट बालीविज्ञान विषयको अध्यापन शुरु गर्न लागेको र सोको सबै तयारी भई सकेको बताउनुभयो ।