मुटु रोगी ममतालाई युथ अफ निजगढको सहयोग ( भिडियो सहित )

भिडियो स्थानिय समाचार

1567 Views

निजगढ ,
बाराको निजगढ नगरपालिका वडा नम्बर १२ स्थित सोमबहादुर वाईबाकी ९ बर्षिया ममता वाईबालाई युथ अफ निजगढको सामाजिक संस्थाले शनिवार दशहजार एक रुपैया सहयोग गरेको छ ।
विगत केही समयदेखि मुटुको रोगबाट ग्रसित बालिकालाई रतनपुर बजारमा एक कार्यक्रमका बीच युथ अफ निजगढका अध्यक्ष उत्सव श्रेष्ठले दशहजार एक रुपैयाको चेक प्रदान गर्नु भएको हो । संस्थाका उपाध्यक्ष सागर थोकरले अन्यलाई पनि ममताको उपचारको लागि अन्यलाई पनि सहयोग पु¥यादिन अनुरोध गर्ने बताउनु भएको छ । ममताको आर्थिक अवस्था अत्यन्त दयनीय भएकोले उपचारमा खर्च करिव ६ लाख लागिसकेको र अव करिव ४ लाख लाग्ने भएको हुदाँ सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुलाई सहयोगको लागि आग्रह गरेकी छिन ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ११ र १२ का अध्यक्षद्धय प्रेम बहादुर रुम्बा र ज्ञान बहादुर गोले, नेपाल फोटो पत्रकार संघ बारा अध्यक्ष जितलाल श्रेष्ठ, रेडियो निजगढका सहकर्मी सुर्य परियार र अन्य स्थानीयहरुको सहभागिता रहेको थियो ।

हेरौ भिडियो

ममता वाईबालाई सहयोग गर्न 9824226685
कृपया यो भिडियो सेयर गरौ र यस भिडियोबाट उठेको रकम हामी ममताको परिवारलाई दिनेछौ ।