भिडलाई नियन्त्रण गर्दै खेल सँयोजक निर्मल लामा

बाराको निजगढमा सन्चालित बृहत  खेलकुद महोत्सबमा आज मिति २०६९ पुस  २५  गते   दौड खेल भएको छ। पहिलो दौडमा  पुरुष तर्फ बाट   सोनम लामा प्रथम ज्ञान ब. गौतम दोस्रो र श्री कृष्ण श्रेष्ठ  तेस्रो भएका छन  खेल १६०० मिटरको थियो भने  महिला दौडमा अस्मिता बस्नेत  प्रथम  यसुदा अधिकारी   दोस्रो र   पासङ लामा तेस्रो भएका छन  र  खेल १६०० मिटरको थियो र  खेल २००० मिटरको थियो  ।   प्रथम भएका लामा हाल नेपाली सेना निजगढ फास्टट्रयाकमा कार्यरत र दोस्रो भएका गौतम स्थायी ठेगाना निजगढ–१ नेपाली सेनामा कार्यरत र तेस्रो भएका श्रेष्ठ निजगढ–९ हुन् । पुरुषतर्फ २८ जना प्रतियोगितामा सहभागी रहेको क्लबका अध्यक्ष जीतसिंह लामाले जनाएका छन् । प्रतियोगिता व्यस्त सडकमैं गरिएकोले केही बेर ट्राफिक बन्द गरिएको थियो ।  प्रतियोगितालाई सफल बनाउन इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी सुरक्षा बेस निजगढ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बाराका प्रहरी र स्थानिय बासीले समेत सहयोग गरेका थिए । सो दौडमा प्रथम, दोस्रो र तेस्रोले क्रमश: ३ हजार, २ हजार र १ हजार नगदसहित प्रशंसापत्र समेत दिइने व्यवस्था रहेको प्रतियोगिताका संयोजक दिलबहादुर लामाले जानकारी दिए ।
शुक्रवार, शनिवार तेक्वान्डो खेल प्रतियोगिता अञ्जु आदर्श बोर्डिङ स्कूलमा हुने र भलिबल फाइनल खेल लाफा युवा क्लब खैरा र दिपकिरण युवा क्लब निजगढबीच शुक्रवार हुने जनाउँदै शनिवार २९ गते फूटबल फाइनल खेलसँगै महोत्सव समापन हुने आयोजक नेपाल खेलकुद क्लब निजगढले जनाएको छ । 

 

 

 

1 COMMENT

Comments are closed.