चपुरमा असोज २८ गते लाइभ कन्सर्ट हुदै । प्रमोद खरेलले धमाका गर्ने

स्थानिय समाचार

598 Views

रौतहटको चन्द्रपुर इलाका प्रहरी कार्यलय नजिक दशैको अवसर पारेर लाइभ कन्र्सटको आयोजना हुने भएको छ ।
राष्ट्रिय स्तरका ख्यातीप्राप्त गायक गायीकाहरुको कन्र्सटमा उपस्थिती हुने चन्द्रनिगाहपुर युवा समाजका अध्यक्ष रवि राना मगरले निजगढ डटकमलाई टेलिफोन मार्फत जानकारी दिएका छन ।

दशैको अवसरमा हुन लागेको सो कार्यक्रममा प्रमोद खरेल, जुनु प्रसाइ, आर के खत्री र हास्य कलाकार निशान्त कटुवाल लगाएत स्थानिय कलाकारहरुकोले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
कार्यक्रम सफल बनाउन सवैको साथ र सहयोग आवश्यक रहेको आयोजक सस्थाका अध्यक्ष रवि राना मगरले बताएका छन । अध्यक्ष मगरका अनुसार हामी हरेक बर्ष यस्ता कार्यक्रम गरिरहने समेत बताएका छन । अध्यक्ष रवि राना मगर स्थानिय विद्यार्थी नेता तथा समाजसेवी पनि हुन । कार्यक्रमको मिडिया पार्टनरमा निजगढ डट कम समेत रहेको छ भने कार्यक्रमको भिडियो निजगड टिभिमा हेर्न सकिने छ जसको लागी तपाईहरुले youtube मा गएर Nijgadh TV लाई Subsucribe गर्नु पर्ने छ ।

यो पनि हेरौ
मुटु रोगी ममता रुदै भन्छिन मलाई बचाउनुहोस । कतारबाट यति सहयोग आयो |