बाघभैरब नकाउट फुटवल प्रतियोगिताको उपाधि रतनपुर युनाईटेको पोल्टामा

खेलकुद

80 Views

निजगढसमाचार संवाददाता।
कार्तिक २१, २०७५
निजगढ : बाराको निजगढ ४ पुरानो टोलमा आयोजित बाघभैरब नकाउट फुटवल प्रतियोगिताको उपाधि रतनपुर युनाईटेड क्लबले जितेको छ ।
जनजागृत युवा क्लबलाई २–१ गोलले पराजित गर्दैै मेडल सहित १५ हजार पनि हात पारेको छ । त्यस्तै जनजागृतीले मेडलसहित १० हजारमा चित्त बुझाएको छ ।
बाघभैरब युवा क्लबको आयोजना भएको प्रतियोगितमाको म्यानअफ द म्याच सागर चौधरी घोषित भएका छन् । विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष जयराम कुमर, क्लबका अध्यक्ष दिनेश खड्का, युवा समाजसेवी रबिराज दंगाल, पत्रकार महेश्वर अधिकारी लगायतले वितरण गर्नुभएको थियो ।
भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला :