विदेशबाट फर्किएर विमलले खोले चप्पल उद्योग (भिडियो सहित)

आर्थिक स्थानिय समाचार

343 Views
निजगढमा औद्योगिक ग्राम स्थापनाका गर्ने नगरपालिकाको योजना
उद्योगको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्दै ।

निजगढसमाचार संवाददाता ।
कार्तिक २१, २०७५ ।
निजगढ : बैदेशिक रोजगारीबाट फकिएका बाराको निजगढ ५ का विमल बजगाईले आफ्नो घरमा चप्पल उद्योग सञ्चालनमा ल्याउनुभएको छ । हनुमान चप्पल उद्योगको आज एक समारोहका विच निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले साना उद्योगबाट ब्यवसायिक बन्न सकिने बताउनुभयो । उहाँले निजगढमा औद्योगिक ग्राम स्थापनाका गर्ने नगरपालिकाको योजना रहेको बताउनुभयो ।
कार्यक्रममा निजगढ नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी गौतमले युवाहरुले थालेको कामलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो
कार्यक्रममा नेकपाका नेता दिलबहादुर लामा, सुरथ पुरी, नेपाली कांग्रेस निजगढ नगर सभापति महेशी कुमर, ईलम हेल्बटासका क्षेत्रिय विकास अधिकृत कृष्णलाल कर्ण, कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोईराला लगायतलेृ सम्बोधन गर्नुभएको थियो । कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका सचिव महेश्वर अधिकारी, नेकपाका नेता नारायण गौतम, दुर्गा गौतम, नेपाली कांग्रेसका नेता नबराज तिमल्सिना, मिना लामा लगायतको आतिथ्यता रहेको थियो । कारखाना उद्घाटन कार्यक्रमको सञ्चालन धनप्रसाद बजागाईले गर्नुभएको थियो ।