कलैयामा आगो लाग्दा ८ लाख बराबरको क्षति

स्थानिय समाचार

89 Views

निजगढसमाचार संवाददाता ।

कार्तिक २२, २०७५ ।

कलैया : बारा सदरमुकाम कलैया उपमहानगरपालिका १३ फुलवरिया टोलमा गएराति आगो लाग्दा ८ लाख बराबरको क्षती भएको छ ।

वडा अध्यक्ष राजन प्रसाद कुर्मिका अनुसार बहादुर साह गोढको घरमा लक्ष्मी पुजाको लागि बालिएको दियो बाट आगो लाग्दा घरमा बाधिएको ४ वटा खसी र ३ वटा बाख्रा सहित धान,गहु,मकै,कपडा,गरगहना लगायत घरमा भएको सबै समान जलेर पुर्ण रुपमा नस्ट भएको छ । अागाेलाई कलैया उपमहानगरपालिकाबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएकाे थियाे ।