दिपकिरण कला कुन्जका कप्तान पुरस्कार लिदै

 

 

 

निजगढमा शनिवार सम्पन्न भलिबल प्रतियोगिताको फाइनल खेलमा दीपकिरण कला निजगढ प्रथम र लाफा युवा क्लब खैरा दोस्रो भएको छ । नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरेका थिए । प्रथम हुने टिमलाई प्रदीप सुनचाँदी पसल चन्द्रनिगाहपुरका प्रोप्राइटर प्रदीप गहतराजले आफ्ना स्वर्गीय पिता लोकबहादुर गहतराजको स्मृतिमा पुरस्कारस्वरूप रु. १० हजारको चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी दोस्रो हुने टिमलाई लोकप्रिय सहकारी संस्था लि. निजगढले रु.५ हजारको चेक हस्तान्तरण गरेको थियो ।

तेक्वान्दो प्रतियोगिता

त्यस्तै तेक्वान्दो प्रतियोगितामा आदर्श हिमचुली तेक्वान्दो डोजाङले प्रथम स्थान हासिल गरेको छ । नेपाल खेलकुद क्लब निजगढको आयोजनामा सम्पन्न सो खेलमा हिमचुली ९ स्वर्णसहित प्रथम भएको थियो । बागदेव तेक्वान्दो डोजाङ ५ स्वर्ण हात पारी दोस्रो भयो । १ स्वर्ण र ३ रजत पदकसहित बारा एकेडेमी तेस्रो भयो । प्रतियोगितामा बाराका ११ डोजाङ सहभागी थिए । ३८ देखि ४२ किलो तौल समूहमा आदर्शका राजु माझी प्रथम, बागदेवका विश्वराज भोलन दोस्रो भएका थिए । ४२ देखि ४६ किलो तौल समूहमा बागदेवका विशाल लामा प्रथम, आदर्शका पृथ्वी श्रेष्ठ द्वितीय, कलैयाका अजय यादव र बकैयाका प्रकाश नेपाली तृतीय भएका थिए । ४६ देखि ५० किलो तौल समूहमा आदर्शका राजकुमार लामा प्रथम र बकैयाका सुनील लामा दोस्रो भएका थिए । ५४ देखि ५८ किलो तौल समूहमा बागदेवका दीपक राउत प्रथम, आदर्शका उदयराज पाण्डे दोस्रो, सडकटोलका सविन तिमल्सिना र बारा एकेडेमीका रामबहादुर तामाङ तेस्रो भएका थिए । महिलातर्फ ३८ देखि ४२ किलो तौल समूहमा बारा एकेडेमीकी विजिना मोक्तान प्रथम, बकैयाकी निर्मला मोक्तान दोस्रो र आदर्शकी कुसुम क्षेत्री तेस्रो भएकी थिइन् । ४२ देखि ४६ किलो तौल समूहमा बागदेवकी माया लामा प्रथम, बकैयाकी सुषमा श्रेष्ठ दोस्रो र बारा एकेडेमीकी समीक्षा भुजेल र आदर्शकी लिली श्रेष्ठ तेस्रो भएकी थिइन् । ४६ देखि ४९ किलो तौल समूहमा होलीकी अस्मिता बस्नेत प्रथम, बागदेवकी सुभद्रा स्याङ्बो दोस्रो, सडकटोलकी समीक्षा भुजेल र बारा एकेडेमीकी मनिता भट्टराई तेस्रो भएकी थिइन् । ४९ देखि ५३ किलो तौल समूहमा आदर्शकी लक्ष्मी सुनुवार प्रथम र बारा एकेडेमीकी सम्झना घिमिरे द्वितीय भएकी थिइन् । त्यसैगरी ३४ देखि ३८ किलो तौल समूहमा बागदेवकी अनिसा चौलागाईं प्रथम, आदर्शकी पासाङ लामा दोस्रो र बारा एकेडेमीकी बिनिता कार्की तेस्रो भएकी थिइन् । ३० देखि ३४ किलो तौल समूहमा बागदेवकी मनीषा सापकोटा प्रथम, बकैयाकी स·ीता वाइवा दोस्रो, आदर्शकी सुस्मिता माझी र बारा एकेडेमीकी अनिषा लामा तेस्रो भएकी थिइन् । प्रतियोगितामा ५८ देखि ६३ किलो तौल समूहमा अमित सिंह, ६३ देखि ६७ किलोमा सुमन श्रेष्ठ, ६७ देखि ७३ किलोमा सानु तामाङ, ७३ देखि ७८ किलोमा रवीन्द्र यादव प्रथम भएका थिए । प्रतियोगितामा प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार नगदद्वारा पुरस्कृत गरिएको थियो । उक्त पुरस्कार स्थानीय महिला समाजसेवी टीकामाया लामाले उपलब्ध गराएकी आयोजक क्लबले जनाएको छ । विजयी खेलाडीहरूलाई नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले प्रमाणपत्र, मेडल, नगद राशि प्रदान गरेका थिए ।

 

फुटबल

त्यस्तै फूटबल प्रतियोगिताको सेमिफाइनल खेलमा जीतपुर युवा क्लबलाई ० का विरुद्ध १ गोल गरी हनुमानगन्ज युवा क्लब कोहल्वी फाइनलमा प्रवेश गरेको छ । दुवै टिमबीच भएको प्रतिस्पर्धात्मक खेलमा ६८ औं मिनेटमा हनुमानगन्ज टिमका जर्सी नं. २५ का सागर लामाले आकर्षक गोल गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी रहेको रेफ्रीले सड्ढेत दिएको केहीबेरमैं डिबक्सभित्र हनुमानगन्जका गोलरक्षकले विपक्षी टिमका खेलाडीलाई फल गरेपछि विपक्षी टिम जीतपुर युवा क्लबले पाएको पेनाल्टी प्रहारलाई हनुमानगन्जका गोलरक्षकले आकर्षक ढ·ले असफल तुल्याएका थिए । पटक–पटक विपक्षी टिमका खेलाडीले प्रहार गरेको बललाई नियन्त्रणमा लिएको र पेनाल्टी प्रहारलाई समेत असफल तुल्याएबापत हनुमानगन्जका जर्सी नं. १ का गोलरक्षक राजु लामालाई म्यान अफ दि म्याच घोषित गरिएको थियो । सो खेलमा मुख्य रेफ्रीमा ददीर प्याकुरेल र सहायक रेफ्रीहरूमा सानुमाया मगर एवं राजेश पुनमगरले भूमिका निर्वाह गरेका थिए । आइतवार दिउँसो १ बजे हनुमानगन्ज युवा क्लब कोहल्वी र नवदुर्गा युवा क्लब सिमराबीच फाइनल खेल भई महोत्सव समापन हुने आयोजक समितिले जनाएको छ ।

 

 

 

 

1 COMMENT

  1. You really make it seem so easy with your presentation but I find this matter to be really

    something that I think I would never understand. It seems too complex and very broad for

    me. I am looking forward for your next post, I will try to get the hang of it!

Comments are closed.