निजगढको छठ घाट यसरी सिंगारिदै (भिडियो सहित)

0
18

निजगढसमाचार संवाददाता ।
कार्तिक २६, २०७५ । निजगढ ः निजगढमा हुने छठ पुजाको लागि छठ घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । निजगढ–८ बकैया पुल मुनि हुन लागेको छठ पुजाका लागि छठ घाट सजाउन पण्डाल बनाउने काम धमाधम भईरहेको हो । पुलको पूर्वतर्फ स्वागतद्धार बनाईएको छ । पुजा स्थल र भक्तजनका साथै दर्शनार्थीका लागि छुट्टाछुट्टै मण्डप बनाउन लागिएको पुजा समितिका अध्यक्ष हृदयबाबु रौनियारले बताउनुभयो ।