निजगढसमाचार संवाददाता ।
कार्तिक ३०, २०७५ । बारा : भारतबाट पान मसाला ल्याउन लाइन मिलाइदिने भन्दै व्यापारीसँग घुस दिने एक जना प्रहरी हवल्दारले अख्तियारले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले शुक्रबार पक्राउ गरेको हो।
अख्तियारको टोलीले कलैया उपमहानगरपालिका–१ को देवकीलाल धर्मशालाबाट प्रहरी हवल्दार हजरालाई एक लाख घुस रकमसहित रंगे हात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
पक्राउ परेका हजरालाई आवश्यक कारवार्हीका लागि अख्तियारको क्षेत्रिय कार्यालय हेटौंडामा लगिएको प्रवक्ता दंगालले बताए।