निजगढसमाचार संवाददाता ।
मंसिर १५, २०७५ । बारा : बाराका निजगढ–३ भरतगञ्जसिगौंलका ७ वर्षदेखि चोरी मुद्दाका प्रतिवादी सन्दिप लामालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले लामालाई गाँउघरमै लुकीछुपी बसकेको अवस्थामा विहीबार पक्राउ गरेको हो । पक्राउ परेका लामालाई जिल्ला अदालतमा पेश गरेको छ । अदालतको आदेशमा हिजो कैद भुक्तानीका लागि वीरगञ्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लामाले ७ वर्ष अघि जिल्ला अदालतले २०६८ माघ २४ गते गरेको फैसला सदर हुने भन्दै पुनरावेदन अदालत हेटौंडाले २०७० बैशाख १० गते चोरी मुद्दामा एक महिना कैद र एक लाख ८३ हजार जरिवाना फैसला सुनाएको थियो । अदालतले सजाय फैसला सुनाएका लामा ७ वर्षदेखि प्रहरीको फरार सूचिमा थिए ।