निजगढसमाचार संवाददाता ।
युएर्इ र श्रीमान, श्रीमती एकै रथका दुई पांग्रा । यो उखानको भाव देखिन्थ्यो, आबुधावीको खालिफा अस्पतालको बेड नं। २२ मा ।

दुवै मिर्गौला बिग्ररिएर अस्पतालमा नियमित डायलसिस गराइरहेका चितवन रत्ननगर(२ टाँडीका सुमन परियारलाई श्रीमती सबिताले हिम्मत दिइरहेकी छिन् ।परदेशको अपस्तालमा श्रीमानको कुरुवा बस्नकै लागि आउनुपर्ला भन्ने उनको मनमा थिएन। सुमन ६ महिनाअघि विदामा नेपाल गएका थिए । त्योबेला सबितालाई छोडेर आउदाँ सुमनले युएई ल्याउने बाचा त गरेका थिए । तर, दुवैजना मिलेर रोजगारी गर्ने योजनामा ।

तिहारको रमझम गाँउघरमा सकिदैँ थियो । साँझको समय खाना खाएर सबैजना भेला भएका थिए । सबिताको मोबाइलमा फोन बज्यो । त्यो फोन युएईबाट सुमनका कम्पनी म्यानेजर सन्जु तमुले गरेका थिए ।सुमनको रोगका बारेमा सन्जुले सुनाउदाँको क्षण सबिता अहिले पनि सम्झन सक्दिनन् । फोनको कुरापछि उनको मुहारको भाव परिवारले ठयाक्कै बुझ्न त सकेनन् । तर, केहीँ अडक्ल काट्दै थिए ।घरको एक्लो छोरो । दुवै मिर्गौला बिग्रिएर परदेशको अस्पतालबाट आफूलाई बचाइदिन हारगुहार गरेको खबर सुन्दा बुबाआमाको मन कस्तो भयो होला रु सबिताको आँखामा परिवारको दुःख देख्न सकिन्थ्यो ।

सुमनलाई अस्पताल भर्ना गरेदेखि उनी कार्यरत कम्पनीका म्यानेजर चितवनकै सन्जु तमु र साथीहरुले हेरविचार गरिरहेका थिए । उनी सबैका प्यारा । त्यसभएरपनि समय मिलाएर कोहीँ न कोहीँ दिनमा एकजना उनको साथमा रहन्थेँ।