प्रेमराज पाण्डेको हजारौ चोटमा इराजको पहिलो भिडियो सार्वजनिक

0
179

प्रलाद तिमल्सिना
मंसिर २१, २०७५ । बारा : निजगढका गायक प्रेमराज पाण्डेको हजारौ चोट .. बोलको गितको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निजगढको मोहोरी, गोलघर लगायत बिभिन्न स्थानमा छायाङकन गरिएको सो भिडियो आज म्युजिक नेपालको च्यानलमा सार्वजनिक गरिएको हो ।

गितको म्युजिक भिडियोमा प्रेमराज पाण्डे, ईराज कोइराला र बर्षा श्रेष्ठको अभिनय गरेका छन्  । निजगढका–८ का ईराजको यो पहिलो मोडलिङ हो भने गायक प्रेमराज पनि निजगढकै हुन ।

Advertisement in Post

गीतमा भुवन शर्मा कंडेलको शब्द रहेको छ भने संगीत राजेश श्रेष्ठको रहेको गीतलाई उदय राज पौडेलले संगीत सम्योजन गरेका हुन । यस्तै भिडीयोको निर्देशन गायक प्रेमराज पाण्डेले गरेका छन् । भिडीयोमा मरुभुमी नारायणको छायाँकनमा, रोशन धितलको सम्पादन देख्न सकिन्छ । नव मोडल इराज र गायक प्रेमराजलाई निजगढ डट कमको तर्फबाट शुभकामना ।

हेरौ गितको म्युजिक भिडियो ।