अवतार साकोस निजगढको आठौ साधारण सभा सम्पन्न, को–को भए सम्मानित

0
65

निजगढसमाचार संवाददाता ।
मंसिर २२, २०७५ । निजगढ : निजगढ–८ शहीदचोकस्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको आठौ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा उपमेयर लिलादेवी लामिछाने, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुर, दुग्ध उत्पादन केन्द्रिय सहकारी संघका केन्द्रिय सदस्य दिलबहादुर लामाको विशेष उपस्थिति रहेका थियो ।
कार्यक्रममा संस्थाका संस्थापक केशर बहादुर लामा, सहकारी सञ्जाल निजगढका संयोजक भोला प्रसाद गौतम, गौरीशंकर क्याम्पस प्रमुख रामप्रसाद गौतम, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शन प्रसाद कोईराला, लोकप्रिय साकोसका अध्यक्ष अम्बिका प्रसाद चौलागाई, शिक्षक हित साकोसका सचिव सतिस कुमार कर्ण, हाम्रो साकोसका अध्यक्ष कैलाश तिमल्सिना, सुनखरी कृषि सहकारी संस्थाका अध्यक्ष शान्तबहादुर दाहाल, महिला सकोसकी अध्यक्ष शोभा राउत, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा, नवतारा साकोसका शुसिल मैनाली, उद्योग वाणिज्य संघ निजगढ शाखाका कार्यबाहक अध्यक्ष रविकुमार बर्तौला लगायतको आतिथ्यता रहेको थियो ।

 

Advertisement in Post

कार्यक्रममा उत्कृष्ठ बचत खाता अन्र्तगत युवराज न्यौपाने, उत्कृष्ठ बचतकर्ता चेतबहादुर वाइवा, उत्कृष्ठ बालबचततर्फ सार्थक चौलागाई, उत्कृष्ठ ऋणी गयाराम धामी, राधाकुमारी पुलामी, बृजकिशोर साहलाई सम्मान, उत्कृष्ठ स्वरोजगार उद्यमीतर्फ बालकृष्ण न्यौपाने, उत्कृष्ठ कर्मचारी अञ्जली भुजेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वार्षिकोत्सव कार्यक्रमको अवसरमा सञ्चालित नगरस्तरिय हाजिरीजवाफ प्रतियोगिताका प्रथम जलन चौलागाई, दिक्षण गौतम, दितृय अकिंत तिमल्सिना, अमित श्रेष्ठ र तृतिय अबिन्द कुमार यादब, धर्मराज साहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा अवतार छात्राबृत्ति अन्र्तगत निजगढ ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन हिरालक्ष्मी लामा, लेखा प्रतिवेदन गोविन्द अधिकारीसंस्थाका अध्यक्ष अजय लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जगतकुमारी अधिकारी, सञ्चालक गोविन्द अधिकारीको रहेको थियो ।