निजगढमा लाईफ ईन्सूरेन्स कर्पोरेशनको शाखा उद्घाटन (भिडियोसहित)

0
67

निजगढसमाचार संवाददाता ।
मंसिर २३, २०७५ । निजगढ : बाराको निजगढमा लाईफ ईन्सूरेन्स कर्पोरेशनको शाखा उद्घाटन भएको छ । निजगढ–७ स्थित नेपाल भवनमा ईन्स्यूरेन्सका नेपाल प्रमुख अविजित घोषले रिवन काटेर शाखा उद्घाटन गर्नुभएको हो ।
उदघाटन गर्दै प्रमुख घोषले नेपालमा सबैभन्दा बढी विक्री भएको विमा पोलिसी भएकोे बताउनु भएको थियो ।
शाखा प्रमुख शम्भु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो निजगढका बोधनाथ चौलागाई, नेपाल मेटलका सञ्चालक समुन्द्र नेपाल, कुमारी बैंक निजगढ शाखा प्रमुख, कर्मचारी र अभिकर्ताको सहभागिता रहेको थियो ।