वीरगञ्ज युवा समाजको साधारणसभा सम्पन्न

0
11

निजगढसमाचार संवाददाता ।
मंसिर २३, २०७५ । वीरगञ्ज : वीरगञ्ज युवा समाजको साधारणसभा सम्पन्न भएको छ । वीरगञ्जस्थित होटेल मकालुको सभाहलमा शनिबार आयोजित साधारणसभाले आ.व. २०७५/७६ को लागि नयाँ कार्यसमिती चयन गरेको छ ।
गत आर्थिक वर्ष २०७४ ७५ का लागि गठन भएको कार्यसमितीको विभिन्न कार्यहरुको मुल्यांकन गर्दै औपचारिक बिदाई पनि गरिएको छ ।
नयाँ कार्यसमितीको अध्यक्षमा पुनः कमल चौगाई, उपाध्यक्ष संजिव कृष्ण थापा, द्धितिय उपाध्यक्ष सृष्टि विष्ट, सचिव हेमन्त तामाङ्ग, कोषाध्यक्ष अस्मिता गौतम, सह सचिव विवेक कर्ण, सह कोषाध्यक्ष अमित गुप्ता, सदस्यहरुमा संतोष कुमार यादव, विनोद धिमाल, सुलभ केसि, अस्मिता थापा लगायतका चयन भएका छन् ।
नयाँ कार्यसमितीलाई समाजका सल्लाहकार मार्टिन मोक्तान र महेशचन्द्र गौतमले अबिर लगाएर स्वागत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै समाजका अध्यक्ष चौगाईले विगतका कमी कमजोरीलाई मध्यनजर गर्दै आगामी दिनमा सशक्त ढङ्गगले समाजलाई बढि बढाउने बताए । युवाहरुको साथ र सहयोगले समाजले नयाँ आयाम कायम गर्ने विषयमा आफु विश्वस्त भएको उनको भनाई थियो ।