लुनिभाको जन्मदिनमा हाम्रो मामाघरमालाई सहयोग

0
30

निजगढसमाचार संवाददाता ।
मंसिर २३, २०७५ । निजगढ ः बाराको निजगढ–७ शहीदचोकका शाही दाम्पतीले छोरी लुनिभा शाहीको जन्मदिनको अवसरमा हाम्रो मामाघरलाई सहयोग गर्नुभएको छ ।
शाही दाम्पती दिप र राधिकाले छोरी लुनिभाको चौथो जन्मदिनमा गरिब तथा अनाथ बालबालिका लाई निशुल्क शिक्षा प्रदान गर्दै आएको निजगढ–१० लालस्थित हाम्रो मामाघरमा मनाउनु भएको हो ।
सस्थालाई ३ थान डसना, २ थान डेक्ची, २ थान डेक्ची ढाक्नी ढकन, १ कार्टुन चाउचाउ र एक प्याकेट चकलेट सहयोग गर्नु भएको छ ।