सालिमार सिमेन्टको प्रदुषण बिरुद्ध स्थानियको धर्ना

0
20

निजगढसमाचार संवाददाता ।
मंसिर २३, २०७५ । सिमरा : बाराको जीतपुरसिमरा उपमाहानगरपालीका वडा नम्बर ३ मा रहेको सालिमार सिमेन्ट कारखानाले अत्याधिक प्रदुशण निम्त्याएको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन् ।

प्रदुशण नियन्त्रणका लागी पटक पटक आँफुहरुले गरेको आग्रहलाई बेवास्ता गर्दै स्वास्थ्यसँग खेलवाड गरेको भन्दै उनीहरुले आईतबार उद्योग परीसरमा धर्ना समेत दिएका छन् । अश्वभाबिक रुपमा गर्दै आएको प्रदुशण यथासिघ्र नियन्त्रण गर्नुपर्ने माग स्थनियको छ ।

स्थानिय निकायलाई समेत अटेर गरी उद्योगले राज्यसँग समेत दादागीरी देखाएको उनिहरुको भनाई छ ।

Advertisement in Post

वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरेले हरेक पटकको छलफलमा उद्योगले आँफुहरुका मागप्रती सहमती जनाउने तर कार्यान्वयनमा ल्याउन अटेरी गर्नेगरेकाले दवाब स्वरुप धर्नामा उत्रिएको बताउनुभयो ।
गहन छलफलमा बसेर समाधानको बाटो खोज्ने निर्णय गरी हालका लागी उद्योगबाट हुने उत्पादन बन्द गर्न लगाईएको उहाँले जानकारी दिनुभयो । ‘हुन्छ भन्ने र काम नगर्ने प्रबृतीले स्थानीय आजित भएका छन्, अव निर्णयक छलफल हुन्छ । त्यतिन्जेलका लागी उत्पादन बन्द गर्न लगाईएको छ ।’ हेडलाईनसँग उनले भने ।

उता जीतपुरसिमरा उपमाहानगरपालीकाका प्रमुख डा. कृष्ण पौडेलले लामो समयदेखी ब्यापक प्रदुशण गर्दै आएको उद्योगलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत अटेरी गरेको बताउनुभयो ।

जनताको समस्या सम्बोधनका लागी उपमाहानगर कटिबद्ध रहेको भन्दै मेयर डा. पौडेलले उद्योगसँग सहमती कार्यान्वयनका बिषयमा पुनः गम्भिर छलफल गरेर उपमाहानगर कार्यालयले आवश्यक निर्णय लिने बताउनुभयो ।