जेसीज कप टी–२० क्रिकटको उपाधि कलैयाको पोल्टामा

0
2

निजगढसमाचार संवाददाता ।
मंसिर २४, २०७५ । कलैया :मकवानपुरमा भएको जेसीज कप टी–२० क्रिकटको उपाधि कलैया क्रिकेट क्लबले हात पारेको छ ।
हेटौडा जेसीजले आयोजनामा हेटौडामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लबलाई ६ विकेटको अन्तरले पराजित गर्दै क्रिकेट क्लबले उपाधि जितेको हो ।
पहिला ब्याटिङ गर्दै मकवानपुरले कलैयालाई एक सय ४ रनको लक्ष्य दिएको थियो ।
कलैया ४ विकेटको नोक्सानीमा सो लक्ष्य पार गर्दै उपाधि जितेको हो ।
खेलमा सुभाष यादबले ३२ बलमा ६० रनको शानदार पारी खेली कलैयाको जीत दिलाएका थिए । खेलमा म्यान अफ दि म्याच पनि यादव घोषित भएका थिए ।