काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कार्यक्रम स्थगित गरेर भीषण हावाहुरीले प्रभावित जिल्ला बारा तर्फ जान लागेका छन्। गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर बारा तर्फ आउन लागेका हुन्।

नेकपा सचिवालयले दिएको जानकारी अनुसार आँधी हुरीले बारा, पर्सालगायत क्षेत्रमा ठूलो मनाविय क्षतिहुनुको साथै भौतिक क्षति समेत भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् ।

प्रधानमन्त्री ओली चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा आउन लागेको प्रेस संयोजक चेतन अधिकारी बताए। झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।