आइतवार साँझ बारा र पर्सामा आँधी–हुरीले ताण्डव मच्चाएको छ । हुरीले हालसम्म ३१ को ज्यान गइसकेको छ भने ६ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हुरीले अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएका कारण भण्डारण गरिएको अन्न पनि नष्ट भएको छ । तराईका फुसका घरहरु अधिकांश सग्ला छैनन् । सडक किनारामा पार्क गरिएका मालबाहक ट्रक पल्टिएर क्षतिग्रस्त भएका छन् भने रोकिराखेका बस पनि पल्टिएका छन् । बस्ने घरनै नभए पनि हजारौं सर्वसारधारणको बिचल्ली छ ।

हावाहुरीले घर भत्काएपछि अन्नपात पानीले भिजाएको छ । बस्तुभाउ किचिएर मरेका छन् । हावाहुरीले गरेको भौतिक क्षतिको दृष्य हृदयविदारक छ ।

Subscribe Nijgadh TV on Youtube

हावाहुरी प्रभावित क्षेत्रमा सेनाले यसरी गर्दैछ काम

बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीबाट प्रभावितको राहत, खोजी, उद्दार तथा उपचारमा नेपाली सेनाको टोली सक्रिय छ । सेनाको टोलीले मुखयतः ‘सर्च एन्ड रेस्क्यू’लाई प्राथमिकता दिएको छ ।

‘खोजी र उद्दारसँगै हामीले अबरुद्ध सडकलाई सुलाउने कामलाई पनि प्राथमिकता दिएका थियौं’, नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘जसका लागि बारामा रहेको हाम्रो बाहिनी र प्रभावित क्षेत्र नजिकै रहेको ३ वटा बटालियन सक्रिय थियो ।’
सहायक रथी ढकालका अनुसार सेनाको एमआई १७ र स्काई ट्रक विरामीको उद्दारका लागि खटिएको थियो । सोमबार बिहान स्काई ट्रकले गम्भीर घाइते ६ जना र एमआई १७ ले साँझ दुई जना विरामी र ५ जना कुरुवालाई काठमाडौं ल्याएको छ । हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उनीहरुको उपचार भइरहेको छ ।
हेरौ पुरा भिडियो ।