संखुवासभा — पाँचखपन नगरपालिका ९ मा चट्याङ लागेर घाइते भएका २ जनाको मृत्यु भएको छ । ४५ वर्षीया सीता विश्वकर्मा र ५० वर्षीया सुकमाया लिम्बुको मंगलबार साँझ ज्यान गएको हो ।

घरमा चट्याङ परेर घाइते भएका उनीहरूको वाना स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।