काठमाडौँ – राजधानीलाई तराई–मधेससित जोड्ने फास्टट्र्याक (द्रुत मार्ग) को लागत करिब १ खर्ब बढ्ने भएको छ । निर्माण अवधि झन्डै दुई वर्ष लम्बिने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
कोरियाली कम्पनी सुसुरुङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले द्रुत मार्गको लागत र निर्माण अवधि दुवै बढ्ने निष्कर्ष निकालेको हो ।
भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार गरेको डीपीआरमा दु्रत मार्गको निर्माण लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
निर्माणको जिम्मा पाएको नेपाली सेनालाई कोरियन कम्पनी सुसुङले दुई साताअघि बुझाएको डीपीआरमा दु्रत मार्ग बनाउन २ खर्ब लाग्ने उल्लेख गरेको जानकारी उच्च सैनिक स्रोतले दिएको छ । रातोपाटीबाट साभार

यो भिडियो पनि हेरौ