निजगढ,चैत्र २२
नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको निजगढ गोल्डकप फुटबल संचालक समितिले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुराभएको जनाएको हो । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार कमाने फुटबल एकेडमी मकवानपुर र नवजनजागृती युवा क्लव बारा बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटनका प्रमुख अतिथि प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली रहेका छन ।  प्रतियोगिताको बिजेताले १लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले २ हजार ५ सय रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछन ।चैत्र ३० गतेसम्म सन्चालन हुने प्रतियोगितामा बारा,पर्सा,सर्लाही,महोत्तरी,मकवानपुर र चितवनका विभिन्न ८ वटा टिमहरुको सहभागिता रहेको छ।

प्रतियोगितामा साविक बिजेता बारा ११,नवजनजागृती युवा क्लव बारा,बिरगंज युनाईटेड फुटबल क्लव,सर्लाही ११,बेङखरी युवा क्लव महोत्तरी,कमाने फुटबल एकेडेमी मकवानपुर,हर्दिया युवा समाज चितवन र आयोजक निजगढ युवा क्लवको सहभागिता रहनेछ। पत्रकार सम्मेलन निजगढ ४ स्थित पुरानो निजगढ खेल मैदानमा भएको थियो ।

Subscribe Nijgadh TV on Youtube

हेरौ पत्रकार सम्मेलनको भिडियो