नवराज चौलागाईं,निजगढ,चैत्र २३ ।
शनिबार हुने भनिएको नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन आईतबार हुने भएकोछ । शनिबार हुरीबतास संगै भारि वर्षा भएपछि उद्घाटन अईताबारकोलागी सारिएको निजगढ गोल्डकप फुटबल प्रतियोगिता संचालक समितिका सहसंयोजक जयराम कुमरले बताउनुभयो । उद्घाटन आईतबार बिहान ७ बजे हुने सहसंयोजक कुमरले बताउनुभयो ।

उद्घाटन खेलमा कमाने फुटबल एकेडेमी मकवानपुर र नवाजनाजागृति युवा क्लव बाराबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै आईतबार दिउसो हुने दोश्रो खेलमा बेंखरी युवा क्लव महोत्तरी र सर्लाही ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले १लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले २ हजार ५ सय रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछन । चैत्र ३० गतेसम्म सन्चालन हुने प्रतियोगितामा बारा,पर्सा,सर्लाही,महोत्तरी,मकवानपुर र चितवनका विभिन्न ८ वटा टिमहरुको सहभागिता रहेकोछ ।

प्रतियोगितामा साविक बिजेता बारा ११,नवजनजागृती युवा क्लव बारा,बिरगंज युनाईटेड फुटबल क्लव,सर्लाही ११,बेङखरी युवा क्लव महोत्तरी,कमाने फुटबल एकेडेमी मकवानपुर,हर्दिया युवा समाज चितवन र आयोजक निजगढ युवा क्लवको सहभागिता रहनेछ।