निजगढ,चैत्र २४ ।
नवजनजागृति युवाक्लव बारा र सर्लाही ११ नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेकोछ । आईतबार बिहान सम्पन्न उद्घाटन खेलमा कमाने फुटबल एकेडेमी मकवानपुरलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नवजनजागृति सेमिफाईनलमा प्रवेश गरेकोहो ।
निर्धा्रित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा धकेलिएकोथियो । २ गोलले पछी परेको स्थितिमा कमानेले खेलमा पुनरागमन गरेपनि टाईब्रेकरमा नवजनजागृतिका गोल किपर रोहन मगरले उत्कृष्ट बचाउ गरेपछि कमाने प्रतियोगिता बाट बाहिरिएकोहो । ३३ औ मिनेटमा सुदिप खत्रीको गोलले खेलमा अग्रता लिएको नवजनजागृतिले ४१ औ मिनेटमा ऋषि मोक्तानको गोल मद्धतले अग्रता दोब्बर बनाएकोथियो ।
२ गोलले पछी परेको स्थितिलाई उल्ट्याउदै कमानेका रवी भण्डारीले ४६ औ मिनेटमा गोल फर्काएकाथिए । ४९ औ मिनेटमा अफ्रिकी मुलका स्ट्राईकर कृषको गोलसंगै कमानेले खेल बराबरीमा ल्याएकोथियो । टाईब्रेकरमा नवजनजागृतिका गोल किपर रोहन मगरले कमानेको २ वटा पेनाल्टी प्रहारलाई बचाएकाथिए । खेलको म्यान अफ द म्याच नवजनजागृति युवा क्लव बाराका गोल किपर रोहन मगर घोषित भए ।

म्यान अफ द म्याच घोषित मगरले ट्रफी सहित २५ सय रुपैया प्राप्त गरे । त्यस्तै आईतबार नै समपन्न दोश्रो खेलमा बेंखडी युवा क्लव महोत्तरीलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सर्लाही ११ पनि सेमिफाईनलमा प्रवेश गरेकोछ । दोश्रो खेल पनि निर्धा्रित समयमा २–२ गोलको बराबरीमा सकिएपछी टाईब्रेकरमा गएकोथियो । खेलको १२ औ मिनेटमा बेंखडीले टंक लामाको फ्रिकिक गोल मार्फत अग्रता लिएकोथियो । खेलको शुरुवातमै दबाबमा परेको सर्लाहीले आक्रामक खेल प्रस्तुत गरेकोथियो ।
सर्लाहीका सनिल लामाले २९ र ३१ औ मिनेटमा लगातार २ गोल गरेपछि सर्लाहीले खेलको पहिलो हाफमा अग्रता लिएकोथियो । प्रतिस्पर्धात्मक बनेको दोश्रो हाफमा बेंखडीका हेम लामाले ५४ औ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेकोथियो । टाईब्रेकरमा सर्लाहीका गोल किपर अरुण भ्लोनले बेंखडी युवा क्लवको २ वटा पेनाल्टी प्रहार बचाए । खेलको म्यान अफ द म्याच सर्लाहीका गोल किपर भ्लोन घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार हर्दि युवा समाज चितवन र बिरगंज युनाईटेड फुटबल क्लव बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले १लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन ।
त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले २ हजार ५ सय रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछन । चैत्र ३० गतेसम्म सन्चालन हुने प्रतियोगितामा बारा,पर्सा,सर्लाही,महोत्तरी,मकवानपुर र चितवनका विभिन्न ८ वटा टिमहरुको सहभागिता रहेकोछ । प्रतियोगितामा साविक बिजेता बारा ११,नवजनजागृती युवा क्लव बारा,बिरगंज युनाईटेड फुटबल क्लव,सर्लाही ११,बेङखरी युवा क्लव महोत्तरी,कमाने फुटबल एकेडेमी मकवानपुर,हर्दिया युवा समाज चितवन र आयोजक निजगढ युवा क्लवको सहभागिता रहेकोछ ।