निजगढ,चैत्र २५

बिरगंज युनाईटेड फुटबल क्लवक निजगढमा जारी नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेकोछ ।
वडा नम्बर ४ पुरानो निजगढ स्थित कछाडीया खेल मैदानमा सोमबार सम्पन्न खेलमा हर्दि युवा समाज चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाईनालामा प्रवेश गरेको हो ।

खेल अवधिभर चितवनलाई दबाबमा राखेको बिरगंजका बिबेक चौधरीले २२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकाथिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको बिरगंजकोलागी दोश्रो हाफमा अछेलाल कुमरले टिमको अग्रता दोब्बर बनाए ।
कुमरले ६५ औ मिनेटमा टिमको अग्रता दोब्बर गरेकाथिए । खेलको म्यान अफ द म्याच बिरगंज युनाईटेडका रुपक लामा घोषित भए । म्यान अफ द म्याच घोषित लामाले २५ सय रुपैंया सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक निजगढ युवा क्लव र साविक बिजेता बारा ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सम्पुर्ण अपडेटहरु हामी निजगढ डटकम र निजगढ टिभिमा भिडियो रिपोर्टहरु हाल्नेछौ ।