निजगढ,चैत्र,२६ ।
निजगढ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ ।

मंगलबार आयोजक निजगढ युवा क्लवले साबिक बिजेता बारा ११ लाई पराजित गरेसंगै सेमिफाईनल समीकरण पुरा भएकोहो । नवजनजागृति युवा क्लव बारा,बिरगंज युनाईटेड फुटबल क्लव,सर्लाही ११ र आयोजक निजगढ युवा क्लव प्रतियोगिताको सेमिफानलमा प्रवेश पुगेकाहुन । वडा नम्बर ४ स्थित कछाडिया खेल मैदान पुरानो निजगढमा मंगलबार सम्पन्न खेलमा साबिक बिजेता बारा ११ लाई निजगढ युवा क्लवले १–० गोल अन्तरले पराजित गर्यो ।

खेलको छैठौ मिनेटमा निजगढका एलिस तामाङले गोल गरेकाथिए । तामाङको एकमात्र गोल नै खेलको निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लवका कृष्ण शाक्य घोषित भए । म्यान अफ द म्याच घोषित शाक्यले ट्रफी सहित २५ सय रुपैंया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सेमिफाईनलको खेलहरु बुधबारबाट शुरु हुनेछ ।

बुधबार हुने पहिलो सेमिफाईनलमा नवजनजागृति युवा क्लव बारा र बिरगंज युनाईटेड फुटबल क्लव बीच प्रतिस्पर्धा हुनेछ ।