निजगढ,चैत्र,२७ ।
नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल खेलहरु आजबाट शुरु हुँदैछ ।

सेमिफाईनलमा आयोजक निजगढ युवा क्लव सहित नवजनजागृति युवा लव,बारा बिरगंज युनाईटेड फुटबल क्लव र सर्लाही ११ पुगेकाछन । पहिलो सेमिफाईनल खेलमा आज नवजनजागृति युवा क्लव बारा र बिरगंज युनाईटेड फुटबल क्लव बीच प्रतिस्पर्धा हुँदैछ । खेल वडा नम्बर ४ पुरानो निजगढ स्थित कछाडीया खेल मैदानमा अपरान्ह ३ बजेदेखि शुरु हुनेछ ।

आगामी चैत्र ३० गतेसम्म संचालन हुने प्रतियोगितामा बारा,पर्सा,मकवानपुर,चितवन,रौतहट र महोत्तरीका बिभिन्न ८ वटा टिमहरुको सहभागिता रहेकोछ । प्रतियोगितामा साविक बिजेता बारा ११,नवजनजागृति युवा क्लव बारा,बिरगंज युनाईटेड फुटबल क्लव,कमाने फुटबल एकेडेमी मकवानपुर,हर्दि युवा समाज चितवन,सर्लाही ११,बेंखडी युवा क्लव महोत्तरी र आयोजक निजगढ युवा क्लवको सहभागिता रहेकोछ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हाजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेताले नगद १ लाख सहित ट्रफी प्राप्त गर्नेछन ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २५ सय रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन ।