ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

गम्भीर घाइतेमध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रिफर गरिएको छ । बाँकी ६ जनाको ताप्लेजुङमै उपचार भइरहेको छ।

घाइते सबै बारा निजगढका हुन् । मे १ ज १४८६ नम्बरको ट्याक्सी मंगलबार राति ९:५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो।

घाईतेहरुलाई  शिघ्र स्वास्थ्य लाभको कामना । 🙁

Source : Annapurnapost