निजगढ,२८ चैत्र ।
नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिकालागी बिरगंज युनाईटेड फुटबल क्लव र आयोजक निजगढ युवा क्लव भिड्ने भएका छन ।

बिहिबार सम्पन्न दोश्रो सेमिफाईनल खेलमा सर्लाही–११ लाई पराजित गर्दै निजगढ प्रतियोगिताको फाईनलमा प्रवेश गरेकोहो । टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै निजगढले बिरगंज संगको उपाधि भिडन्त पक्का गरेकोहो । खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा सर्लाही प्रतियोगिता बाट बाहिरियो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा सर्लाहीले अग्रता लिएकोथियो । खेलको ३५ औ मिनेटमा विजय घलानले गोल गरेकाथिए । ५४ औ मिनेटमा निजगढकालागि एलिस तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याएकाथिए । निर्धा्रित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा धकेलिएकोथियो । टाईब्रेकरमा सर्लाहीका सनिल लामाको पेनाल्टी प्राहार बाहिरिएकोथियो ।

खेलको म्यान अफ द म्याच निजगढ युवा क्लवका रोशन पहरी घोषित भए। म्यान अफ द म्याच घोषित पहरिले २५ सय रुपैंया सहित ट्रफी प्राप्त गरे। उपाधि भिडन्तकालागि यी दुई टिमबीच शनिबार खेल हुनेछ । बिरगंज युनाईटेड यसअघि सेमिफाईनलमा नवजनजागृति युवा क्लव बारालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेकोहो । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन । त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन ।

Subscribe Nijgadh TV on Youtube