निजगढ,चैत्र ३० ।
नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिरगंज युनाईटेडको पोल्टामा  परेको छ  ।

शनिबार सम्पन्न फाईनल खेलमा आयोजक निजगढ युवा क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिरगंजले उपाधि हात पारेकोहो । खेलको दोश्रो मिनेट मै लिएको अग्रता जोगाउन नसक्दा आयोजक निजगढ उपाधि जित्नबाट बन्चित बन्यो ।

खेल शुरु भएको दोश्रो मिनेट मै निजगढका एलिस तामाङले गोल गर्दै निजगढलाई अग्रता दिलाएका थिए । खेलमा आक्रामक रुपमा प्रस्तुत भएको बिरगंजले ५ मिनेट नबित्दै खेल बराबरीमा ल्याएको थियो । ७ औ मिनेटमा लक्षमण चौधरीको गोल मद्धतले बिरगंजले खेल बराबरीमा ल्याएकोथियो . खेल अवधिभरी उत्कृष्ट प्रदर्शन गरेका लक्षमणले पुनः ३८ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकाथिए । पहिलो हाफमा १ गोलले अघि बढेको बिरगंजले दोश्रो हाफमा थप १ गोल गर्यो । ४९ औ मिनेटमा सबिर चौधरीले गोल गर्दै टिमको अग्रता बढाएकाथिए । खेलको अन्त्यतिर विवाद हुँदा निजगढका कृपा चौधरी र कप्तान बिमल धामीले रातो कार्ड खाँदै मैदान बाट बाहिरिएकाथिए ।

Subscribe Nijgadh TV on Youtube

फाईनल खेलको म्यान अफ द म्याच बिरगंजका लक्षमण चौधरी घोषित भए । उपाधि बिजेता बिरगंजले ट्रफी सहित १ लाख ५० हजार प्राप्त गर्यो भने उपविजेता निजगढले १ लाख रुपैंया सहित ट्रफी प्राप्त गर्यो । बिजेतालाई प्रमुख अतिथी नगीना साह कलवार , विशीष्ठ अतिथी निजगढ नगरपालीकाकी उपमेयर लिलादेवी लामिछाने , पुर्व राखेप सदस्य सचिब युवराज लामा र वडा नं ४का अध्यक्ष जयराम कुवरले  प्रमाण पत्र , नजद र ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर बिरगंजका दिलमणी चौधरी,उत्कृष्ट फरवार्ड बिरगंजका बिबेक चौधरी,सर्वोत्कृष्ट खेलाडी बिरगंज कै लक्षमण चौधरी र सर्वा्धिक गोलकर्ता निजगढका एलिस तामाङ भए । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले ट्रफी सहित ५ हजार रुपैंया प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here