आईतबार राती निजगढ १० लालामा भएको भिषण आगलागी पीडितलाई सामाजिक संस्था युथ अफ निजगढले आर्थिक सहयोग गरेको छ ।

क्लबले प्रति पिडित परिवार ५ हजारका दरले नगद रु १५ हजार सहयोग गरेको हो ।
क्लबकी उपाध्यक्ष गङामाया श्रेष्ठको नेतृत्वमा वुधबार गएको टोलीमा क्लबका सल्लाहकार भाइकाजी श्रेष्ठ, महासचिब बिस्णु गोपाल रिसाल, सचिब इराज कोइराला, सहसचिब मनिता पाण्डे, सदस्य गोकुल न्यौपाने, सन्तोस पौडेल, रबि सापकोटा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष पदम बहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि गाउले मिलेर गाउँमा राहत संकलन गरेका छन । गाँउमा संकलन गरीएको नगद ४७ हजार ५ सय ९० रुपैया, धान ४५ मुरी ७ पाथि, मकै ८ मुरी २ पाथि, चामल १ क्यून्टल, लत्ता कपडा संकलन गरीएको राहत संकलन समितीका संयोजक सिदार्थ लोप्चनले जानकारी दिनुभयो ।
युथ अफ निजगढ सामाजिक संस्थाले यस भन्दा अघी पनि थुप्रैलाई सहयो गर्दै आईरहेको छ ।