प्रलाद तिमल्सिना , निजगढ – जेठ ०३

गायक बिशाल राज राईको पुर्बेली लोक भाकाको नेपालि मौलिक शब्द समेटिएको ‘ पाक्यो काफल ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतमा सुर्य रुम्बाको शब्द  संगीत प्रतिक थापाको संगीत संयोजन अनि बिशाल राज राईको आवाज रहेको छ । भिडियोमा मोडल रमेश अधिकारि र नब मोडल स्मृति तामाङ्गको जिबन्त अभिनय रहेको छ । मोडल रमेशले यस भन्दा अघि दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने स्मृतिको भने पहिलो अभिनय रहेको छ । रमेश निजगढका स्थापित मोडल हुन ।

Subscribe Nijgadh TV on Youtube

भिडियोमा मकवानपुरगढी र निजगढको  पनि रमणीय दृश्य पनि देख्न सकिन्छ भिडियोलाई बिशाल राज राई अनि फिलिप राईले खिचेका छन् भने सम्पादन निर्देशन बिशाल राज राईकै रहेको छ  । गायकले यस अघि सोल्टीनिको गालैमा बोलको गीत बजारमा लोकप्रिय भइसकेको छ । यस पटक पनि दर्शकले यस गित मनपराउने निजगढ डट कमलाई बताउछन गायक राई ।

भिडियो हाइलाइट्स नेपाल युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । गितको मिडिया पार्टनरमा निजगढ डटकम ,निजगढ टिभी , रेडियो निजगढ १०७.२ मेघाहर्ज पनि रहेको छ  ।