महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो ।

तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो । यस्तो विभत्स घटना देखेको थिइन’, डीएसपी खिउजु भन्छन् ।

घटनास्थल हेर्दा एउटा प्रहरी अधिकारीकै आङ सिरिङ हुन्छ भने सर्वसाधारणलाई कस्तो लाग्दो हो ? घटना हो, बिहीबार दिउँसो ललितपुरको ढोलाहिटीमा भएको अञ्जना महत हत्या । प्रहरी टोली घटनास्थलमा पुग्दा उनको टाउकोकाे थोरै छाला मात्रै शरीरमा अड्किएको थियो ।

Subscribe Nijgadh TV on Youtube

खुट्टाले भुइँ छोए पनि आधा शरीर खाटमै थियो ।
कोठामा रगतको आहाल थियो । अञ्जनामाथि कतिपटक हतियार प्रहार गरियो भन्ने लख काट्नसमेत मुस्किल छ ।

 

हेरौ पुरा भिडियो