प्रलाद तिमल्सिना , निजगढ

विश्व वातावरण दिवसको अवसरमा आज निजगढ वडा नं. ४ मा सरसफाई कार्यक्रम सम्पन्न भएकोछ ।

वडा कार्यालयको सहयोगमा युथ अफ निजगढका आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा वडा नं४को चोक चौतारामा सरसफाई गरिएको थियो । कार्यक्रमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जयराम कुमर, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शन प्रसाद कोईराला, उपाध्यक्ष वेनि ब मोक्तान , शहिद हिरालाल दोजाङका लोक ब खुलाल  युथ अफ निजगढका अध्यक्ष सागर तामाङ्ग लगातले सम्बोधन गरेका थिए  भने कार्यक्रमको सन्चालन भाईकाजी श्रेष्ठले गर्नु भएको थियो ।