विद्यालय व्यवस्थापन समितिको सक्रियता जति भयो, विद्यालय सुधारिने रहेछ । समितिका अध्यक्ष तथा  पदाधिकारीहरुको प्रधानाध्यापक तथा शिक्षक र अभिभावकसँग राम्रो तालमेल हुँदा सामुदायिक विद्यालयहरुले प्रगति गरेको देखिएको छ । राम्रो गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको अनुभव कस्तो छ ? उहाँहरुको सोंच, योजना र काम के कस्ता छन् ? प्रस्तुत छ सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघ नेपालको केन्द्रीय सदस्य , प्रदेश नं २ का ईन्चार्ज तथा बारा जिल्ला गौरीशंकर मा वि निजगढ ८ विद्यालयका विव्यसका अध्यक्ष केदार प्रसाद गौतम ज्यु सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्रीः

हाम्रो विद्यालय प्रदेश दुईकै उत्कृष्टमा पर्छ । उत्कृष्ट हुनुको आधारहरु छन् । एक त कक्षा नर्सरीदेखि १० सम्मै यहाँ अंग्रेजी माध्यममा पढाइ हुन्छ । विद्यार्थी संख्या २२ सयको हाराहारीमा छ । सिरहा, धनुषा, रौतहट र महोत्तरीका विद्यार्थी यहाँ पढ्न आउँछन् । कुनै पनि बोर्डिङ स्कूलले हामीसँग कम्पिटसन गर्न सक्दैनन् ।

हामीकहाँ विद्यार्थी संख्या यति चाप छकि ई सेक्सनसम्म चलाउनुपरेको छ । यसपालि यहाँ भर्ना गर्न ८ सय विद्यार्थीले प्रवेश परीक्षाका लागि फारम एप्लाई गरे । ३ सय जना मात्र पास भए । बाँकीलाई लिन हाम्रो पूर्वाधारले थेग्न सक्ने भएन । भर्ना सिजनका बेला हुने अनुरोध र दबाब अनुसार भर्ना गर्ने हो भने यसपालि नै ३५ सय विद्यार्थी पुग्नेथिए । मेयरदेखि प्रदेशका मन्त्रीसम्मले यहाँ भर्ना गराइदिनु प¥यो भनेर प्रेसर दिने गर्नु हुन्छ ।

Subscribe Nijgadh TV on Youtube

हामीकहाँ प्राविधिक शिक्षा शुरु भएको दुई वर्ष भयो । कृषि बालीमा यहाँ पढाइ हुन्छ । साइन्स र म्यानेजमेन्ट पनि छ । म्यानेजमेन्टमा मात्र डेढ सय विद्यार्थी छन् । साइन्स ल्याव राम्रो छ । साइन्समा पनि बायोलोजी, क्यामेष्ट्री र फिजिक्सका छुट्टाछुट्टै ल्याव छन् । प्राविधिक शिक्षाको छुट्टै प्रयोगशाला छ । विद्यालयमा ७७ जना शिक्षक–कर्मचारी छन् । तिनमा तहगत संयोजक छन् । शिक्षक मात्रै ७० जना छन् । दरबन्दीमा ३० जना रहेका छन् । बाँकी शिक्षक सामुदायिक स्रोतबाट चलेका छन् । शिक्षकको तलबमा मात्र जम्मा प्रतिमहिना २२ लाख खर्च हुन्छ । वर्षमा प्रत्येक अभिभावकबाट चन्दा सहयोग रकमस्वरुप ३ देखि ५ हजार रुपैयाँ लिने गरिएको छ ।

म हिजो शिक्षक थिएँ । १३ वर्ष पढाएर बीचैमा जागिर छोडेँ । विव्यस अध्यक्ष भएर विद्यालयमा प्राविधिक शिक्षा र साइन्स भित्र्याउने इच्छा थियो । त्यो पूरा भएको छ । अब शैक्षिक सुधारलाई मुख्य ध्यान दिनुपरेको छ । धेरै योग्यता भएका शिक्षकलाई अब तल्लो कक्षामा पढाउन लगाउने मेरो सोंच छ ।

गरिबीमा परेकाहरुको डाटा लिइन्छ । त्यही अनुसार उहाँहरुका बालबालिकाका निम्ति पूर्ण निःशुल्क गरिन्छ । देशमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षासम्बन्धी कानून लागू भएको हामीलाई थाहा छ । यो निःशुल्कका विषयमा मैले शिक्षामन्त्री गिरिराजमणि पोखरेलज्यूसँग पनि पनि कुरा राखेँ । यदि विद्यार्थी संख्याका आधारमा शिक्षक सरकारले दिन्छ भने अभिभावकसित विद्यालयले चन्दाको च पनि लिँदैन भनेँ । विद्यालयको जग्गा साढे १२ विघा छ । ७ विघामा कृषि गरिएको छ । अढाइ विघामा सामुदायिक क्याम्पस चलिरहेको छ ।

दुई विघा जमिन नगरपालिकाले नगर हल बनाउनु प¥यो भनेर दबाब आइरहेको छ । अहिले सञ्चालनमा रहिरहेको विद्यालयको भौतिक पूर्वाधारले १९ रोपनी ओगटेको छ । ७ वटा त भवन छन् जसमा ६० वटा कोठा छन् । ३० वटा कोठा हामीलाई अझ आवश्यक छ । पहिला दुई सिफ्टमा पढाइ हन्थ्यो । अब एकै सिफ्टमा चलाउनु पर्छ भन्नेमा छौं । अहिले प्रतिसेक्सन ६५ जना विद्यार्थी छन् । नमूना माध्यमिकका लागि प्रस्ताव गरेका छौं । नमूनामा छानियौं भने यसबाट विद्यालयको भौतिक र सिकाइ पक्ष अझ बलियो हुने विश्वासमा छौं । यत्रो पूर्वाधार भएको र उत्कृष्ट विद्यालयमा पारदर्शिता महत्वपूर्ण पक्ष हो ।

सामाजिक परीक्षण गर्नु त छँदैछ, विद्यालयमा कुनै पनि समयमा यसको आय–व्यय बुझ्न सक्ने व्यवस्था गरिएको छ । खरिद समिति र निर्माण समिति छुट्टाछुट्टै छन् । दैनिक खर्चको विवरण दिन सक्छौं । आय–व्ययको किताब नै छाप्ने गरेका छौं । हामी अभिभावकलाई बैंक स्टेटमेन्ट नै दिन्छौं । विव्यसको मिटिङ लुकेर गर्दैनौं । अर्काे कुरा, १० वर्षे द्वन्द्व र मधेश आन्दोलनका क्रममा यो विद्यालय कहिल्यै बन्द भएन । हामी बालबालिकाको पढ्न पाउने हकप्रति सचेत छौं । यो विद्यालयमा पढ्नेहरु नेपाल सरकारका मन्त्री, सचिव, पीएचडीसम्म भएका छन् ।

 

यहाँ पढ्नेहरु एकजना पनि बेरोजगार छैनन् । म हिजो शिक्षक थिएँ । १३ वर्ष पढाएर बीचैमा जागिर छोडेँ । विव्यस अध्यक्ष भएर विद्यालयमा प्राविधिक शिक्षा र साइन्स भित्र्याउने इच्छा थियो । त्यो पूरा भएको छ । अब शैक्षिक सुधारलाई मुख्य ध्यान दिनुपरेको छ । धेरै योग्यता भएका शिक्षकलाई अब तल्लो कक्षामा पढाउन लगाउने मेरो सोंच छ । यही सोंचलाई कार्यान्वयन गराउन विद्यालयको योजनामा राख्ने विचारमा छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here