लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । बाराको निजगढमा रहेको बकैयापुलमा पनि पानीको सहत बढेको छ । निजगढ न पा ९ का वडा सदस्य जगत ब न्यौपाने द्वारा सम्पुर्ण निजगढ बासीलाई सतरकर्ता अपनाउन सुझाव दिएका छन ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत महोत्तरीको भब्सी खोलाको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

शुक्रबार राती करिब १२ बजे बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जानकारी दिए ।
हेरौ पुरा भिडियो ।

राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।   शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, भोजपुर र धादिङमा २/२, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो ।  बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् ।

अविरल पानी परिरहँदा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । नदी र खोलाहरूमा बहाव बढ्दै गइरहेको छ । बाढीपहिरो र डुबानबाट मोरङका ४ सय परिवारका १ हजार जना र बाराका ३५ परिवारका १ सय ७५ जना विस्थापित भई घरबाट अन्यत्र शरण लिन बाध्य भएका छन् । मुलुकभरबाट बाढीपहिरोमा परेका १ सय ५३ जनाको उद्धार गरिएको गृहले जनाएको छ ।