नवराज चौलागाईं,
निजगढ,असार २८ ।
अविरल वर्षाको कारण निजगढस्थित लालबकैया नदीमा आएको बाढीले ड्याम भत्काउदा नदि बस्तीतर्फ पस्ने खतरा बढेको छ ।

गत असार २५ गते राति देखि ४ दिनसम्म निरन्तर परिरहेको वर्षाका कारण नदीमा आएको बाढीले ड्याम भत्काएकोहो । ड्याम भत्किन शुरु भएसंगै वडा नम्बर ९ जोखिममा परेकोछ ।

बिक्रम संवत २०२८ सालमा पुर्वपस्चिम लोकमार्ग निर्माण गर्ने क्रममा सोभियत संघको सहयोहमा निर्मित पक्कि ड्याम भत्किन शुरु भएपछी स्थानीय त्रसित भएकाछन ।

वर्षाको कारण निजगढको मुख्य व्यापारिक क्षेत्र शहिद चोक लगायतका आसपासका क्षेत्र डुबानमा परेकोछ । बाढीले नगर क्षेत्र डुबानमा परेसगै नगर प्रमुख खनालले सतर्क रहन नगरावासिहरुलाई आग्रह गर्नुभएको छ । नगर प्रमुख खनालले डुबान प्रभावित क्षेत्रको अवलोकन गर्दै नगरपालिकाको स्रोतसाधनको उचतम प्रयोग गर्दै क्षति न्यूनीकरणमा लागिपरेको जनाउनुभयो । त्यस्तै नगर उप प्रमुख लिलादेवी लामिछानेले पनि प्रकृतिक विपदवाट जाेगिन र जाेगाउनु हुन सबै निजगढ नगरवासीमा आग्रह गर्नुभएको छ ।