प्रलाद तिमल्सिना , रौतहटमा १० जनाको मृ*त्यू भएको छ भने १ जना बे*पत्ता भएका छन् ।

गौर नगरपालिका, ईष्ठनाथ नगरपालिका, दुर्गा भगवती गाउँपालिका, गढीमाई नगरपालिका डुवानबाट अति प्रभावित बनेका छन् । उक्त जिल्लाबाट अहिलेसम्म ३ हजार सर्वसाधारणलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

गौर न पा का शिव मंगल पटेलले शनिवार २००जनालाई उद्वार गर्न जादा सबैलाई उद्दार त गरे तर आफुलाई बचाउन सकेनन | उनको मृत्यु भएपछि घरमा रहेका ५ छोरी २ छोरा र श्रिमतीको बिचल्ली भएको छ | उनका १ छोरा अपाङ छन |

बाढीबाट गौर–चन्द्रपुर सडक, गरुडाबाट कटरिया मौलापुर जोड्ने सडकखण्ड, देवाही–गोनाही–मौलापुर सडकखण्ड, गौर–राजदेवी सडक खण्ड, गौरबाट अन्य भागमा जान नसक्ने गरी सडकहरु भत्किएका छन् । जिल्लामा ४ हजार घरहरु प्रभावित भएका छन् भने ४ सय घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १ हजार घर परिवारहरु विस्थापित भएका छन् । डुबानमा ३० हजार सर्वसाधारणहरु प्रभावित भएका छन् । बाढी पीडितलाई उद्धार गर्नका लागि १० वटा रबरको बोट परिचालन गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस