सिमरा : नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमा पहिलो पटक पठाइएको डिजेल अमलेखगन्जमा खसाइएको छ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परीक्षण सम्पन्न भएको हो । योजनाको पहिलो परीक्षण शुक्र बार बिहान ६ बजे सम्पनन भएको थियो । पाइपलाइनको परीक्षण बुधबारबाट सुरु गरिएको थियो । भारतको पटनाबाट सुरुमा पानी पठाएर पानीले सफा गरेपछि मात्र त्यसमा पेट्रोल पठाएको पाइपलाइन प्राविधिक प्रमुख प्रदीप यादवले जानकारी दिए । पटनाबाट पाइपलाइनमा पहिलो परीक्षणको लागि २२ लाख लिटर पेट्रोल पठाइएको प्राविधिक प्रमुख यादवले जानकारी दिए ।

पठाइएको मध्ये १ लाख लिटर अमलेखगञ्ज डिपोमा राखिने र बाँकी २१ लाख लिटर पाइपमै रहने उनले बताए ।परीक्षणका लागि भारतबाट २० जना र नेपाल आयल निगमका १० जना प्राविधिक आएका थिए । १५ महिनाअघि सुरु भएको पाइपलाइन योजनाको शिलान्यास नेपाल र भारतका प्रधानमन्त्रीले गरेका थिए ।

पहिलो परीक्षण तोकिएको समयभन्दा ८ महिनाअघि नै सम्पन्न भएको बताइएको छ । पटनाबाट अमलेखगञ्जसम्म रहेको यो पाइपलाइनको कुला लम्बाइ २७८ किमी छ । हामीले केहि समय अघी नै पाइपलाइनबाट तेल नेपाल आउदैछ भनेर भिडियो हालेका थियौ ।
हेरौ सो भिडियो