प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको देशका चारै दिशामा रेल सञ्चालन गर्ने उद्देश्यका साथ दोस्रो चरणको लालबन्दीदेखि निजगढसम्म रेलमार्ग बनाउन ठेक्का दिएका छन ।

सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गको दोस्रो खण्डमा काम थाल्ने तयारी गरेको छ । महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीम्म ३० किलोमिटरको खण्डमा ट्रायक तथा पुल निर्माणको काम गरिरहेको सरकारले अब लालबन्दीबाट बाराको निजगढसम्म रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाएको हो ।

यसका लागि टेन्डर भएर कम्पनी पनि छनोट भइसकोका छन् । लालबन्दीबाट निजगढसम्म रेल्वे ट्रयाक बेड निर्माण गर्न रेल विभागले गत वैशाख २३ मा टेन्डर आह्वान गरेको थियो । विभिन्न ८ वटा खण्डमा हाल ८ वटा कम्पनी यो कामका लागि छानिएका छन् ।

निजगढसम्म रेल्वे ट्रयाक बेड बनाउन ५ अर्ब ५७ करोड ६१ लाख ५५ हजार २०५ रुपैयाँमा ठेक्का लाग्दैछ । विभिन्न ८ वटा निर्माण कम्पनीले यो कामको जिम्मा पाउँदैछन् ।

यो खण्डमा रेलमार्ग निर्माणका लागि सन्तोषीरकन्टेकरस्वच्छन्द जेभीले एउटा खण्डमा ६५ करोड ८४ लाखमा ठेक्का पाएको छ । त्यसैगरी अर्को खण्डका लागि लुम्बिनीरएपेक्सरखानी जेभीले ७० करोड ७२ लाखमा ठेक्का हात पारेको छ । रौताहारहिमडुङ एन्ड थोकररकन्काई जेभीले ७० करोड ५५ लाखमा अर्को खण्डमा ठेक्का पाएको छ ।

लामारगोल्डेनगुडरविरुवा जेभीले ६९ करोड ६८ लाखमा, रोशन/कुमाररश्रेष्ठ जेभीले ७० करोड ५१ लाख र कालिका/तुँदी/रसुवा जेभीले ६९ करोड ७६ लाखमा फकर-फरक खण्डमा काम ठेक्का हात पारेका छन् । त्यसैगरी पीएस/आशिष/महादेव/खम्ति जेभीलेले र ७० करोड ६७ लाख र शर्मारगजुरमुखी जेभीले ७० करोड ३६ लाखमा पनि थप खण्डमा जिम्मा पाएका छन् ।

रेलमार्गहरुको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने ८ अर्ब बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमार्गले आगामी वर्ष ७ अर्ब ७० बजेट पाएको हो ।

समाचार स्रोत एभरेष्टमिसन