जीतलाल श्रेष्ठ, निजगढ, ७ साउन/

सरकारले वर्षायाममा खोलाबगरमा पस्न मनाही गर्दै आएपनि निजगढमा यसको पालना भएको छैन ।

निजगढ नगरपालिका, वडा कार्यालय, टोल विकास समितिलगायत स्थानीय सुरक्षा निकाय मौन बस्ने गरेको प्रत्यक्ष नमूना यो तस्वीर हो । यो तस्वीर मङलवार दिउँसो करीब ४ः४५ बजेको हो । निजगढ नगरपालिका– ४ कछडियाटोल नजीकै खोलाभित्र भेलबाढीले बगाएर ल्याएका ढुङ्गा टिप्न दर्जनौं ट्याक्टर खोलाभित्र पसेका थिए । ढुङ्गा लोड गरी फर्कंदै गरेका केही ट्याक्टर भेल आएको धमिलो पानीमा अड्किएका थिए भने चालकले निकाल्न र मजदूरले ठेलेर पार गर्न खोज्दै थिए ।

Subscribe Nijgadh TV on Youtube

सरकारले असार, साउन, भदौं यी तीन महीना खोलाबगरबाट नदीजन्य वस्तु उत्खनन, सड्ढलनमा रोक लाउ“दै आएको छ । तर यसको पालना भएको छैन । निजगढ नगरपालिकामा कर्मचारीतन्त्र रहँदा त न्यूनीकरण भएन, भएन, स्थानीय सरकार गठन भएपछि पनि नियम उल्लङ्घनमा रोकथाम वा न्यूनीकरणसमेत भएको छैन ।

दिनदहाडै खोलाको ढुङ्गा अवैधरूपमा उत्खनन, सड्ढलन गर्दै आइरहेपनि स्थानीय सरकार चुपचाप छ । स्थानीय निर्वाचन अघि यस विषयमा सक्रिय रहने डिभिजन वन कार्यालय, बारा र मातहतका निकाय अहिले शिथिल देखिएका छन् । अहिले कसको क्षेत्राधिकारभित्र पर्छ भन्दै पन्छिने गरेका छन् । खोलाका चौडाइको आधा क्षेत्र स्थानीय निकायको रेखदेखमा पर्ने
भएकोले त्यसतर्फ ध्यान नगएको वन कर्मचारीहरू बताउँछन् । वन क्षेत्रको सिमानामा आए, नियन्त्रण गरी कारबाई गरिने बताउ“छन् । अवैध उत्खनन, सड्ढलन रोकी नदीजन्य वस्तुलाई सुरक्षा दिन स्थानीय प्रहरीसमेतको चासो देखिंदैन ।
प्रतिक दैनिकबाट साभार

अब हेरौ यो भिडियो जुन हामीले बुधवार खिचाका छौ ,

त्यसरी ढुङ्गा चोरी भएपछी यसरी खोला बस्तीमा छिर्छ , कृपया पुरा भिडियो हेरेपछी सेयर पनि गर्नुहोला ।