बारा २५ श्रावण
बाराको चुरियामाईमा शनिवार बस दुर्घटना भएको छ ।

बिरगंज पोखरा चल्ने ना४ख ८२५८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । यात्रुबाहक बस तिब्र गतिका कारण दुर्घटना भएको छ । चुरियामाइ मन्दिर र ३ नम्बर पुलको बिचमा भएको दुर्घटनामा २९ जना घाइते भएको थियो ।

दुर्घटनामा परेका घाइतेहरुको चुरेहिल अस्पताल हेटौंडामा उपचार गरिएकोमा सामान्य उपचार पछि केही घर फर्कि सकेको र बाँकी १५ जनाको सो अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरिले जानकारी दिनु भयो ।

हेरौ पुरा भिडियो ।