निजगढ, ८ भदौ  /

बारा जिल्लाको निजगढ नगरपालिकाका यूवाहरुले फ्रेन्डस सर्कल अफ निजगढ नामक क्लवको गठन गरेको छ ।

शनिबार निजगढको आदर्श एकेडेमीमा बसेको यूवाहरूको बैठकले अनिश पोखरेलको अध्यक्षतामा ७ सदस्य फ्रेन्डस सर्कल अफ निजगढ नामक क्लव गठन गरेको हो । असहाय तथा विपन्न वर्गलाई सहयोग गर्ने उद्देश्यले गठन गरिएको क्लवले आज नै निजगढ ठाडो लाइनका एक जना असहाय विरामीलाई विभिन्न खाद्य बस्तु समेत प्रदान गरेको छ भने आउदो शनिबार विधिवत रुपमा कपडा बैंक संचालनमा ल्याउने क्लवका अध्यक्ष अनिश पोखरेलले बताए ।

त्यसैगरि गठित क्लवका उपाध्यक्ष गोपाल प्रसाद अधिकारी, सचिव उत्तम अधिकारी, सहसचिव सिताराम भट्टराई, कोषाध्यक्ष मनोज कटुवाल र सदस्यहरूमा शुभम प्रसाद ढुङ्गेल,नवराज दाहाल रहेका छन् ।