चर्चित गित इन्स्टाको फोटोको कभर गित सार्वजनिक भएको छ ।

स्थानिय निजगढकी पिट्टु गहतराजले गाएकी सो गितको भिडियोमा निजगढकै स्थानिय कलाकार स्मृति तामाङ , साइमनको अभिनय रहेको छ । मोडल स्मृति तामाङले यस भन्दा अघि बिशाल राज राईको अफिसियल गितमा पाक्यो काफलमा रमेश अधिकारी संग अभिनय गरेकी थिईन ।

भिडियोको निर्देशन सोनु लामा, सोमसिङ्ग लामा र साईमनले सयुक्त रुपमा गरेका छन ।

भिडियो निजगढको पोखरी रिसोर्ट निजगढ शहिदचोक लगाएतका स्थानहरुमा मै छायाङ्कन गरिएको , र आगामी दिनमा पनि नयाँ प्रतिभाको गित लिएर आउने बताउछन निर्देशक सोम सिङ्ग लामा ।

गितको ओरजिनल भर्जन चर्चित गायक काली प्रसाद वास्कोटाले गाएका थिए र पछि कभर एलिना चौहानले कभर पनि गरेकी थिइन ।

हेरौ भिडियो