सुनिल तिवारी 

देश बिकास र सम्बृद्द दिशामा अगाडि बढीरहेको अवस्थामा देशमा बिभिन्न किसिमका राष्ट्रिय एवं अन्तरास्ट्रिय बिकासका योजनाहरु सार्वजनिक हुनु कुनै पनि नौलो कुरा होइन। नेपाली जनताले आफ्नो भुगोल र स्थानिय बिकासको रुपरेखा आफ्नै ठाउँबाट आँफै पनि बढाउन अग्रसर भैरहेको अवस्थामा हिजोमात्र बिभिन्न राष्ट्रिय दैनिकहरुमा प्रदेश २ का माननिय उध्योग, पर्यटन, वन तथा बातावरण मन्त्री  रामनरेश रायले दिनुभएको निजगढ अन्तरास्ट्रिय बिमानस्थलको काम अगाडि बढाउन नसकिने भन्ने अभिव्यक्ती खेदजनक देखिएको छ। बि.स. २०५१ साल मै देशका बिभिन्न ठाउँमा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाहेक अरु कुनै अन्तरास्ट्रिय बिमानस्थल कुनै ठाउँमा उपयुक्त बनाउन सकिन्छ भने त्यो निजगढ हुनसक्छ भनेर निकालिएको प्रतिवेदनले आजसम्म कुनै मुर्तरुप लिन नसक्दा नेपाली जनता एवं निजगढ, बाराका स्थानियहरु त्यसै पनि निराश थिए।

पछिल्लो समयमा यसका काम द्रुत गतीमा अगाडि बढीरहेको थियो; यस्को प्रतिवेदन तयार भैसकेर अब पेश गर्ने क्रममा रहेको छ; माननिय पर्यटनमन्त्री योगेश भट्टराईले पनि यो बर्ष २०१९ मा यस्को शिलन्यास गर्ने भनेर निर्देशन दिसक्नुभएको अवस्थामा प्रदेश न.२ का मन्त्रीज्युबाट यस्तो कुराको अपेक्षा गरेका थिएनौ। आगामी बर्ष सन २०२० लाई लक्षित गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष सरकारले लिएको अवस्थामा यस्ता रोकछेकले हामी हाम्रो लक्षमा पुग्न नसकिने अथवा बाधा पुग्ने काममा प्रदेशमन्त्री लाग्नु हुँदैन।
जितपुरसिमारा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिकाद्वारा छुट्टाछुट्टै बिग्यप्ती सार्वजनिक गर्दै उक्त काम गौरवको आयोजना भएकाले यस्मा कुनै पनि रोकतोक गर्नु नहुने र केवल राजनितिक समस्याका कारणले अन्तराष्ट्रिय  बिमानस्थलको काम रोक्न नपाईने भन्दै आपत्ति जनाएका छन। टाँगियाबस्तीमा रहेका १४७६ घरधुरीलाई उचित ब्य्वस्थापन गर्ने र तामागढी वन क्षेत्रमा पर्ने केही वन काट्न पर्ने भएकाले पूर्ण रुपमा सबै निकायबाट स्विकृति ल्याइ बिस्तारमा परिक्षण प्रतिवेदन सार्वजनिक हुने अवस्थामा आइपुगेको छ।

बि।स २०५१ देखी नै उपयुक्त देखिएको ठाउँ एवं उक्त ठाउँमा छोटो दुरीको यात्रा राजधानीबाट तय गर्न सकिने भएकाले द्रुतमार्गको काम पनि छिट्टै अगाडि बढाइएको छ। शहरमा ठुला ठुला ब्यवसायिक भवन बन्नुपर्ने र करिव छोटो समयमै काठमाडौंबाट नजगढको यात्रा गर्न मिल्ने भएकाले नै यो सबैभन्दा उपयुक्त स्थान देखिएको थियो। एउटा घडीको प्रतिक्षा गर्दा गर्दै त्यो पुरा नहुने, रोकिने काम हुँदा त्यहाँका जनताको सपना क्षणभर मै तुहिने होकी भन्ने शंका लाग्न थालेको छन।
राष्ट्रिय गौरवका आयोजना मध्यमा त्यो पनि प्रदेश न २ मा  हुनु त्यहाँका बासिन्दाको सुख र सम्बृद्दि पनि जोडीएको छ। त्यहाँको रोजगार सँग जोडीएको छ, भविस्यसँग जोडीएको छ, सपनासँग जोडीएको छ। बेलैमा निष्पक्ष दवाब दिनु हामी आमनागरिक एवं निस्छल तरिकाले कलम चलाईरहेका हामी जस्ता धेरै नेपालीहरुको योगदान हुनुपर्नेछ।

कुनै पनि राजनीतिक दाउपेचमा परेर यस्ता खालका निर्णय लिन नदिन हामी सबैले आफ्नो ठाउँबाट दवाब दिने कि ? नत्र जनताले आफ्नो ठाउँबाट योगदान दिनुपर्छ भन्ने सिक्दै बामे सर्दै गरेको बिकासलाई यस्ता खालका अभिव्यक्तीले नवजात मै हत्या नगर्ला भन्न सकिन्न। बेलैमा सजक रही राष्ट्रिय गौरवका योजनालाई नागरिक र देशको हितसँग जोड्ने गरी सबैले सन्देश दिने कि ?

लेखक थापाथली क्याम्पसका अनेरास्ववियु अध्यक्ष हुनुहुन्छ