वाराको निजगढमा शनिवार राती करीब ८ः३० बजे ट्रकसंग एम्बुलेन्स ठोक्किंदा एम्बुलेन्स चालकको घटनास्थलमैं मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका– ९ का ३४ वर्षीय ईश्वरकुमार विष्ट रहेका प्रहरीले जनाएको छ । निजगढबाट चन्द्रनिगाहपुरतर्फ गइरहेको ना.५च १०३३ नम्बरको एम्बुलेन्स विपरीत दिशाबाट आइरहेको ना.८ख ४९५४ नम्बरको ट्रकमा ठोक्किंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

Subscribe Nijgadh TV on Youtube
यो भिडियो पनि हेरौ 

ADD


शनिवार राति करीब ८ः३० बजे निजगढस्थित भमरा पुलदेखि करीब ३ सय मिटर पूर्व राजमार्गमा दुर्घटना भएको थियो । ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।