तिलाचन पाण्डे
तम्घास पुस ८ गते ।
कालीगण्डकी करिडोर अन्र्तगतको सडक खण्डमा माथिबाट ढुङ्गा खस्दा घर पूर्ण रुपमा क्षति भएको छ ।


गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ को बौर भन्ने स्थानमा रहेको हिमलाल पराजुलीको घर माथिबाट ढुङ्गा खसेर घरमा क्षति भएको कालीगण्डकी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

Subscribe Nijgadh TV on Youtube
यो भिडियो पनि हेरौ 

ADD

घरमा कोही मानिसहरु नभएकाले मानवीय क्षति भने केही नभएको गाउँपालिकाले जनाएको छ । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरमा बम विष्फोटन गर्दा जमिन थर्किएर ढुङ्गा खसेको हुन सक्ने स्थानीयहरुले बताएका छन् ।


पराजुलीको घर पूर्ण रुपमा क्षति भएपछि नेपाली सेना, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापा, उपाध्यक्ष तारा थापा र वडा नं २ का वडा अध्यक्ष देवीप्रसाद न्यौपानेलगायत स्थानीयहरुको भेलाले स्थानीय तह र नेपाली सेनाले घर निर्माण गरिदिने सहमति भएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।